इन्टेक १९८३ को एक परिचय,

सर्बराज राई,

लण्डन,

सन १८५७ सालको नेपाल, भारत र वेलायत सरकार विच भएको सुनौलो सन्धी, त्रिपक्षीय सम्झौताको मूल्य र मान्याताको आधारमा वीर गोरखाली यूवाहरु लर्के जवानमा पढ्दा पढ्दै आफ्नै मातृ भुमिमा, आफ्नै राष्ट्रको सामाजिक, आर्थिक र भौतिक समृद्धिका लागि अहोरात्र जुत्ने इच्छा र आकांक्षा हुँदाहुँदै, रोजगारी र आर्थिक शुभ अबसरको खोजिमा भौतारिदै, लद्दै पद्दै रोजगारीको सिलसिलामा बिभिन्न प्रकारको कठिनाई हरुलाई पार गर्दै प्रत्येक बर्ष व्रिटिश आर्मीमा लर्के नेपाली जवानहरु भर्ती हुने गरेका छन ।
व्रिटिश सेनामा यसरी प्रत्येक वर्ष भर्ती भएका अरु अन्ने इन्टेकहरु मध्ये एक इन्टेक १९८३ पनि पर्दछ । नेपालको बिभिन्न क्षेत्रबाट बिभिन्न प्रकारको कडा भन्दा कडा कसरत गरी, सँगै सन १९८३ सालमा ब्रिटिश आर्मीमा भर्ती भई सँगै आर्मी नम्बर प्राप्त गरी सँगै ११ महिना तालिम प्राप्त गरेका लर्के जवानहरु लाई १९८३ ईन्टेकका नम्बरी भनेर चिनिन्छ । यस १९८३ ईन्टेकका नम्बरीहरुले २११६५७२५ देखी २११६६२१४ सम्मको ब्रिटिश आर्मी नम्बर प्राप्त गरेका छन भने जम्मा ५६७ नम्बरी जवानहरु यस इन्टेकमा रहेका छन ।

अहिलेको २१ औ शताव्दिको परीवेश संगसंगै समाजलाई परिवर्तन ल्याउने, मुल मन्त्रका साथ हरेक दृष्टिकोण बाट सफल बनाउने महान उद्धेश्यले समाजको आवश्यकता लाई पहिलो प्राथमिकता प्रादान गर्नु पर्छ, भन्ने कुरालाई १९८३ ईन्टेकका सम्पूर्ण नम्बरीहरुले आत्मा महसुस गर्दै आएका छन । विश्वका विभिन्न मुलुकमा रहेका १९८३ ईन्टेकका नम्बरीहरु नम्बरी भन्ने नारालाई अबलम्बन गर्दै, एउटै छातामा सबै नम्बरीहरुलाई आवद्ध गराइ, अझ ससक्त बनाई, नम्बरी परिवारहरुमा भैपरी आउने अप्ठेरा र बिपतिमा पर्न सक्ने समस्याहरु लाई, समाधान गर्न र गराउँन आत्मिएता भार्तित्वको अभिवृद्धि गर्नको साथै नम्बरी परिवारहरु बिच प्रचुर मित्रता कायम राख्न्ने महान उद्धेश्यले आवश्यक कुराहरुलाई, छिटो र छरितो प्रकारले सम्प्रेशन गरी प्रष्ट दुरुष्ट जानकारी गर्न र गराउन यो १९८३ इन्टेकको नम्वरि वेबसाइटको तयारी गरिएकोछ । 

इन्टेक १९८३ को नम्वरि स्थापना काल देखिनै, अदिकांस नम्वरिहरुले अहम भूमिका निर्वाह गर्दै, हाम्रो गरिमामय इन्टेकको सोच, विचार र एकताको लागि निरन्तरता रहोस भन्ने हितुले, लागि पर्नु भएकोछ । यहाँहरु सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दै, यो वेब दस्तावेज इन्टेक १९८३ नम्वरिहरुको लागि ठुलो ईतिहास एंवम अती महत्वपूर्ण अभिलेख हुनेछ, भन्ने विश्वास हामीले लिएकाछौ ।

अन्त्यमा यो वेब लगाएत अरु अन्ने पहिचान भएका अभिविचारहरु, हामी लगाएत हाम्रा भावी पिढिहरुका लागि  ठुलो मार्ग निर्देशन् बन्ने छ, भन्ने पूर्ण विश्वास लिएकोछौ । सवै नम्वरिहरुले एक एक मुठी थप्दै जाउ, एकदिन पक्कै ठुलो चुली बन्नेछ । यो नै इन्टेक १९८३ को ठुलो अपेक्षा हो । साथै इन्टेक १९८३ परिवारजनमा सधैं जनचेतना अभिवृदी होस भन्ने शुभकामना प्रकट गर्दछु ।

धन्यवाद,

जय होस इन्टेक १९८३