आदर्निय सम्पूर्ण नम्बरी सहबहरु तथा परिवारमा सलाम/ अभिबादन 


जीन्दगी साँच्चै अनौठो छ यो राम्रो नराम्रो शुख दुख सबै  समिश्रित छ अनी नम्बरी उपेन्द्र ६०४३ ले पोष्ट गर्नुभएको कुरा दोहोरयाऊन मन लाग्यो “जन्मदा शास हुन्छ तर नाम हुदैन मृत्यु हुँदा नाम हुन्छ (रहन्छ) तर शास हुदैन, यही शास र नाम बिचको यात्रा नै जीन्दगी हो” भनेर 
जुनकुरा सत्य हो र अहिले हाम्रो सामु साबित भएको छ, हामीसंगै भर्ती हुनुभएको हाम्रो प्यारो नम्बरी २११६५९२७ स्वर्गीय भीमलाल पुन ज्यु को आज हामीसंग नाम र स्मरणमात्र बाँकी रहेको छ। हुन त यहाँहरुले घटना तथा समाचार त पाईसक्नु भएरपनि समबेदना पठाई रहनुभएको छ तर पूर्ण जानकारी नहुनपनि सक्छ कतिपय नम्बरीमा, त्यसैले चियरपर्सन बाट जानकारिमा आएको कुरा यहाँहरु सबैमा राख्न जरुरी ठान्दछु की एक परिवारको सदस्यको घटनाको बारे,  हुन त धेरैजना बाट धेरै प्रस्नहरु तेर्सिन सक्ला र स्वभाविकै पनि हो तर यो जानकारी लिनुहोला अनी आफ्नो निर्नयानुसार ईन्टेक समितिमा सम्पर्क गर्नुहोला।

नम्बरी भीमलाल पुन GRU ब्रुनाईमा कार्यरत हुनुहुन्थ्यो र केही समय यता बिरामी हुनुभएपछी उपचारको लागि नेपाल जानुभएछ नेपालको अस्पतालमा उपचारको कुनै प्रगति हुन नसक्दा नेपालको डाक्डरको सल्लाहानुसार भारततर्फ लगिएछ र अभाग्यबस उपचारको क्रममा ऊहाँको निधन भएछ। ऊहाका तिन छोराछोरीहरुमध्य जेठाछोरा नेपालमा एकजना छोरी uk भान्जासंग बिबाहित र कान्छी छोरी जापानमा भएकोसंग बिबहा भएको बुझियो। नम्बरी र बहिनीको ILE भएको र ऊहाँहरु यो साल बेलायतमा तीन महिना बिताऊनु भएको जानकारिमा आएको छ। 
नम्बरीनी बहिनीसंग ६०४४ गोपाल नम्बरीले टेलिफ़ोनमा कुरा भएअनुसार ऊपचारकै क्रममा धेरै र सबै रकम सकिएको कारण हालमा फ्युनरल र बाँकी केहि समस्या समाधान गर्न कठिन भएको कारण केहि आर्थिक सहयोगको अपेक्षा गरिएको कुरा बहिनीको भावपूर्ण बोलीबाट बुझियो।
हुन त नम्बरीले अहिलेसम्म कुनै सहयोग सहभागिता पनि हुनुहुन्न थियो र नम्बरी कन्ट्रिब्युसन पनि गर्नुभएको  थिएन तापनि यस अप्ठ्यारो अवस्थामा एऊटा मानविय नाता र नम्बरीको नाताले ईच्छुक साहव तथा परिवारले आफ्नो ईच्छानुसार सहयोग रकम जम्मा गर्नुहुन अनुरोध गरिन्छ र यो निर्नय केन्द्रिय समितिले गरि यहाँहरु समक्ष राखिएको पनि अवगत गराईन्छ। 
यस बारेमा कुनै करकाप त छैन तर छुटेका भुलेका सबैले एकताका साथ चासो राखी हाम्रो समस्या हामीले नै समाधान गरौं भविष्यमा गल्ती नदोहोर्रियोस भन्ने कमिटिको आग्रह र प्रयास हो हजुर। यहाँहरुको अमुल्य समयको लागि मुरिमुरि धन्यबाद र सहयोग रकम ईन्टेक खातामा ढिलोनगरी जम्मा गरिदिनुहुन पनि बिनम्र अनुरोध छ साथै रेफ्रेन्सको लागि आफ्नो 4 fig/5927 गर्नुहोला ताकी Admin group लाई सजिलो होस कसैलाई confusing नहोस।

Bank details 
Acn- Intake 1983

S/code- 20-02-62

Acn No- 23130460

जय ईन्टेक १९८३



केन्द्रिय समिति
    ईन्टेक १९८३

Please note we will be collecting for 2 weeks only.