ईन्टेक १९८३ को एक परिचय!

सर्बराज राई (६०६७)

अध्यक्ष

ब्रिगेड अफ गोरखा ईन्टेक १९८३ को यक परिचय: सन १८५७ सालको नेपाल, भारत र
वेलायत सरकार विच भएको सुनौलो सन्धी, त्रिपक्षीय सम्झौताको मूल्य र मान्याताको
आधारमा संसारको वीर गोरखाली यूवाहरु लर्के जवानमा पढ्दा पढ्दै आफ्नै मातृ भुमिमा,
आफ्नै राष्ट्रको राष्ट्रियता अखन्दता, आर्थिक, नैतीक, भौतिक र सामाजिक समृद्धि र प्रगतिको
लागि अहोरात्र जुत्ने इच्छा, आकांक्षा हुँदाहुँदै, आर्थिक शुभ अबसरको खोजिमा भौतारिदै,
लद्दै पद्दै रोजगारीको सिलसिलामा बिभिन्न प्रकारको कठिनाई हरुलाई अपार पार गर्दै,
प्रत्येक बर्ष बृटिश सेनामा कलीला लर्के नेपाली यूवा जवानहरु भर्ती हुने गरेका छन ।

त्रिपक्षिया सम्झौटाको आधारमा बृटिश सेनामा प्रत्येक वर्ष भर्ती भएका अरु अन्ने इन्टेकहरु
मध्ये एक मुख्य इन्टेक १९८३ पनि पर्दछ । नेपालको बिभिन्न क्षेत्रबाट बिभिन्न प्रकारको कडा
भन्दा कडा प्रतिशपर्दा कसरत गरी, सन १९८३ सालमा बृटिश सेनामा भर्तीभई सँगै सेना
नम्बर प्राप्त गरी सेकङ, हङकङमा ११ महिना सँगै तालिम प्राप्त गरेका लर्के जवानहरुलाई
१९८३ ईन्टेकका नम्बरी हो, भनेर चिनिन्छ । यस १९८३ ईन्टेकका नम्बरीहरुले
२११६५७२५ देखी २११६६२१४ सम्मको बृटिश सेना नम्बर प्राप्त गरेका छन । भने जम्मा
४९० नम्बरी जवानहरु यस गरिमामय १९८३ इन्टेकमा आबद्ध भएका छन ।

अहिलेको २१ औ शताव्दिको परिवेश संगसंगै समाजलाई परिवर्तनमा ल्याउने, मुल मन्त्रका
साथ हरेक द्रिष्ट्रिकोण बाट सफल बनाउने महान उद्धेश्यले समाजको आवश्यकतालाई पहिलो
प्राथमिकता प्रादान गर्नु पर्छ, भन्ने मत्रलाई १९८३ ईन्टेकका सम्पूर्ण नम्बरी जवानले आत्मा
महसुस गर्दै आएका छन । विश्वका कुनैपनी मुलुकमा रहेका १९८३ ईन्टेकका नम्वरिहरु
नम्बरी भन्ने नारालाई अबलम्बन गर्दै, एउटै छातामुनी सबै नम्बरीहरुलाई आवद्ध गराइ,
अझ ससक्त बनाई, नम्वरि परिवारहरुमा भैपरी आउने अप्ठेरा र बिपतिमा पर्न सक्ने
समस्याहरुलाई, समाहित गर्न र गराउँन आत्मिएता भार्तित्वको अभिवृद्धि गर्नको साथै
नम्वरि परिवारहरु बिच प्रचुर मित्रता कायम राख्न्ने महान उद्धेश्यले आवश्यक कुराहरुलाई,
छिटो र छरितो प्रकारले सम्प्रेशन गरी प्रष्ट दुरुष्ट जानकारी गर्न र गराउन यो १९८३
इन्टेकको वेबसाइट (website) तयारी गरिएको हो ।

यस १९८३ इन्टेकको स्थापनाकाल देखिनै, अदिकांस तनाम नम्वरिहरुले आ आफ्नो क्षेत्र
बाट अहम भूमिका निर्वाह गर्दै, हाम्रो गरिमामय १९८३ इन्टेकको सोच, विचार र एकताको लागि सधैं
निरन्तरता रहोस भन्ने हितुले, सबै सकारत्मकरुपले हातेमालो गरेर लागि पर्नु भएकोछ ।
यस मानेमा यहाँहरु सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दै, यो वेबसाइट(Website)
दस्तावेज इन्टेक १९८३ नम्वरि परिवारहरुको लागि ठुलो ईतिहास एंवम अती
महत्वपूर्ण अभिलेख हुनेछ, भन्ने हामीले आत्मा साथ गरेकाछौ ।

यो वेवेबसाइट (Website) लगाएत अरु अन्ने पहिचान भएका अबिविचारहरु, हामी लगाएत
हाम्रा भावी पिढिहरुका लागि ठुलो मार्ग निर्देशन् बन्नेछ, भन्ने पूर्ण विश्वास लिएकोछौ । हामी
सवै नम्वरिहरुले एक एक मुठी थप्दै जाउ, एकदिन पक्कै ठुलो ढुकुटिको चुली बन्नेछ, योनै
१९८३ इन्टेकको ठुलो अपेक्षा हो । अन्त्यमा: १९८३ इन्टेक परिवारजनमा सु-स्वास्थ्य
एवम सधैं जनचेतना अभिवृदी होस भन्ने शुभकामना प्रकट गर्दछौ ।
धन्यवाद,
जय होस इन्टेक १९८३