imageआदरणीय सम्पूर्ण नम्बरी ज्यु हरू, नम्बर्नी ज्युहरू र नानी हरूमा दुखद समाचार को जानकारी गर्न गईरहेका छौं ! हार्दिक श्रद्धान्जल्ली तथा समबेदना !!!
हाम्रो अतिनै मिलनसार नम्बरी २११६५९२७ भिमलाल पुन मगर ज्यु ल्बडक्यान्सर को रोगबाट पिडित हुंनुहुन्थ्यो ! उपचारको क्रम्मा ईण्डियाको हस्पिटल मा हिजो बेलुका निधन भएको समाचार हन्सलो स्थित नम्बरी केन्द्र पुन मगर को तर्फबाट जानकारी भएको छ ! जानकारीमा आए अनुसार , वाहां जि आर यु ब्रुनाईबाट यु के मा आउनु भएको, त र नानीहरूको I L E reject भएको कारण फेरी प्रोसेस को निम्ति नेपाल जाने क्रम्मा अचानक बिरामि परि अस्पताल गई चेक जाँच गर्दा ल्बडक्यान्सर भएको  र ईण्डियाको हस्पिटलमा रिफर भई ईण्डिया गई उपचार गर्ने क्रम्मा निधन भएको जानकारी मा आएको छ ! त्यसकारण नम्बरी २११६५९२७ Ex-GTR भिमलाल पुन मगरको असामयिक निधनले हामि ईन्टेक १९८३ का सम्पूर्ण परिवार जनहरूलाई बज्रपात तुल्याई भावबिहोल बनाएको छ ! वाहांको निधन प्रति हामि अति नै दुखि छौं र वाहांको मृतआत्मा प्रति हामि ईन्टेक १९८३ परिवार हार्दिक श्रद्धान्जल्ली चढाउंदै वाहांको मृतआत्माले चिर शान्ति पाउन् र वाहांको शोकशोकाकुल परिवारलाई यस दुखद घडिमा शोक सहन सक्ने शक्ति भगवानले प्रदान गरून भनि प्रार्थना गर्दछौं ! वाहां दिवंगत नम्बरी २११६५९२७ भिमलाल पुन मगर ज्यु को श्रीमति सहित एक छोरा र दुई बहिनी छोरी को साथमा हुंनुहुन्थ्यो र हाल वाहाहरू सपरिवार  Pokhara नेपाल मैं हुंनुहुन्छ ! यस दुखद समाचार सबै मान्य नम्बरी परिवारमा पुगोस !

 

ईन्टेक १९८३ , एक्ज्युकेटिभ कमिटि !