१९८३ ईन्टेकको वार्षिक भेलाको परिभाषा!

सर्बराज राई (६०६७)

१९८३ ईन्टेकको बिचार अनी सोच त्यो जंगलको जदिबुटी जस्तै हो । बुझ्ने र चिन्नसक्नेहरुको लागि असल र भरपर्दो औषधि हो, तर चिन्न नसकनेहरुको लागि सामान्ने झारपाट हो । राम्रो र असल औषधी भएर मात्र के गर्नु, औषधिलाई मनले नचिनेपछी, अनी औषधी र झारपाट पनि छुट्याउनु नसक्नु त मानविय कम्जोर हुँदै हो । तथापी १९८३ ईन्टेक भनेको स्वच्छ, अनी भावनात्मक सन्देश प्रभा गर्ने थल हो ।

जब यकजना मान्छे लठ्ठीको सहाराले खोला पारगर्छ, त्यसपछी उनले लठ्ठिको गुण सबै बिर्सेंर सहारा लिईरहेको त्यही लठ्ठीनै फालिदिन्छ । वास्तवमा आवश्यकता र स्वार्थमा परिभाषितछ, होईन र? मैले भन्नु खोजेको तपाईं हामी जहाछौ, जे गर्दैछौ । भगवानको कृपा, बाबा आमाको आशिरबाट र नितान्त १९८३ ईन्टेकको शुभसुरुवाटलेनै हो । हामीले हाम्रो अस्तित्व कहिले बिर्सनु हुँदैन, भन्ने हितुले १९८३ ईन्टेकलाई संगठित र सुसचेत गर्नको लागि कार्यसमिती गठन गरी सकारत्मक पाईलाहरु सुचारु गरिएको हो ।

यसै भावनात्मक बिचारलाई मध्येनजर गर्दै, १९८३ ईन्टेकको वर्तमान कार्यसमितिले देशबिदेशमा रहेका सबै नम्वरि एवम परिवारलाई सहकार्य गर्दै, याउटै छातामा आबद्ध गराई आवश्यक साथ, सहयोग र सल्लाह परिमार्जनको साथ, सबै नम्वरिहरु संग हातेमालो गरेर अगाडि बढ्ने हामी सबैको आकाङ्क्ष हो । उक्त सकारत्मक समानुपातिक बिचारलाई मध्येनजर गर्दै, प्रत्येक वर्ष नम्वरि वार्षिक भेलाको आयोजना गरी, भेटघाटको क्रममा दुखसुख ठठ्येउलि पाराले पहिलाको पुरानो गफ गर्दै, बिभिन्न प्रकारले वार्षिक उत्सव मनाउदै आएकाछौ ।

गत वर्षहरु झै २०२४ सालको नम्वरि वार्षिक भेला १७ अगष्ट २०२४ शनिवारको दिन सम्पन्न हुने जानकारी पाईसक्नु भएकोछ । १७ महिना अगाडि यहाँहरुलाई सूचना जारी गरी सुसचेत गरिएकोछ । अब सकारत्मक सोचका साथ बिचार र संकलप्लाई यथार्थमा परिणत गरी साहसी सोच्छ सुन्दर फुल जस्तै मनले बातावरण तयार गर्नको लागि विनम्र अनुरोध गरिन्छ । संसारको सबै भन्दा सुन्दर फुल भनेकै भावनात्मक मन अनि विश्वास हो, जुन जमिनमा हैन, आत्मा मनमा हुन्छ ।

त्यसैले समुन्द्र जस्तो फराकिलो र सगरमाथा जस्तो स्वच्छ उच्च, मन र सकारत्मक बिचारले डायरीमा होइन, हृदयमा १९८३ ईन्टेकको आगामी वार्षिक नम्वरि भेला १७ अगष्ट २०२४ शनिवारको दिन ब्यापक सम्पन्न हुने भएकोले, उक्त गरबनिय दिनलाई मनमुटुमा राखि गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

धन्यवाद,

ईन्टेक १९८३

केन्द्रिय समिती